१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले फुलहमलाई २–१ गोलले हराएको हो । घरेलु टोलिको जितमा मिकेल मेरिनो र बुकायो साकाले गोल गरे । फुलहमका रोड्रिगो मुनिजले एक गोल फर्काए ।

खेलको ३७ औं मिनेटमा मेरिनोले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । लामो समयपछि मैदानमा फर्किएका साकाले ७३ औं मिनेटमा गोल गर्दै घरेलु टोलिको अग्रता दोब्बर पारे । यता, खेल सकिनै लाग्दा फुलहमका मुनिजले गोल फर्काएपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

यो नतिजापछि आर्सनल ३० खेलबाट ६१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । फुलहम ४५ अंकका साथ आठौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले म्यान्चेस्टर युनाईटेडलाई १–० गोलले हरायो । घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल एन्थोनी एलंगाले गरे ।

उनले खेलको पाँचौं मिनेटमा नै गोल गरेका थिए । खेलमा युनाइटेडले पूर्णरुपमा दबाब बनाएपनि गोल गर्न भने सकेन ।

जितसँगै नटिङहम ३० खेलबाट ५७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । युनाइटेड ३७ अंकका साथ १३ औं स्थानमा छ ।