२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध

आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध
अ अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले फुलहमलाई २–१ गोलले हराएको हो । घरेलु टोलिको जितमा मिकेल मेरिनो र बुकायो साकाले गोल गरे । फुलहमका रोड्रिगो मुनिजले एक गोल फर्काए ।

खेलको ३७ औं मिनेटमा मेरिनोले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । लामो समयपछि मैदानमा फर्किएका साकाले ७३ औं मिनेटमा गोल गर्दै घरेलु टोलिको अग्रता दोब्बर पारे । यता, खेल सकिनै लाग्दा फुलहमका मुनिजले गोल फर्काएपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

यो नतिजापछि आर्सनल ३० खेलबाट ६१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । फुलहम ४५ अंकका साथ आठौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले म्यान्चेस्टर युनाईटेडलाई १–० गोलले हरायो । घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल एन्थोनी एलंगाले गरे ।

उनले खेलको पाँचौं मिनेटमा नै गोल गरेका थिए । खेलमा युनाइटेडले पूर्णरुपमा दबाब बनाएपनि गोल गर्न भने सकेन ।

जितसँगै नटिङहम ३० खेलबाट ५७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । युनाइटेड ३७ अंकका साथ १३ औं स्थानमा छ ।