२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न



अ+ अ-

काठमाडौँ: रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत ३ गतेदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ ।

तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी २९ जना सम्मिलित हुनुहुन्थ्यो ।

तालिमको समापन समारोहमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरूमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै सुरक्षा प्रणालीलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानसेनापति अशोकराज सिग्देलले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाका क्षेत्रमा विभिन्न निकायबीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने उल्लेख गर्नुभयो । उहाँले तालिमबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा पूर्व प्रदेश प्रमुख, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिमका क्रममा चैत १४ गते राज्य सञ्चालनमा सू–शासनका संयन्त्रहरू र नेपालको वर्तमान अवस्था विषयक राष्ट्रियस्तरको एक दिवसीय उच्चस्तरीय सेमिनारसमेत सञ्चालन गरिएको थियो । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाइमा एकरुपता कायम होस् भन्ने उद्देश्यले विसं २०७२ देखि सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन् ।रासस




भर्खरै