१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन



अ+ अ-

एजेन्सी । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहिन भएका छन् ।

रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ ।

“आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत् ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,” युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत्गृहहरूमा निरन्तर हवाई आक्रमणहरू गरिरहेको छ ।

त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र जापोरिझियामा नयाँ आक्रमणहरू भएका छन् ।

विदेशमन्त्री सिबिगाले अमेरिका र युक्रेनबीच खनिज स्रोतसम्बन्धी सम्झौतामा पनि छलफल भइरहेको जानकारी दिनुभयो । सम्झौता भएमा अमेरिकाले युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँच पाउनेछ, जसको बदलामा युक्रेनले थप अमेरिकी सहायता प्राप्त गर्नेछ ।

“अमेरिकी व्यवसायको उपस्थिति बलियो बनाउनु हाम्रो लक्ष्य हो । त्यसैले हामी अमेरिकी साझेदारहरूसँग मिलेर पारस्परिक रूपमा स्वीकार्य सम्झौता गर्ने प्रयास गरिरहेका छौं,” सिबिगाले भन्नुभयो ।

गत महिना दुवै देशले यो सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए, तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच टेलिभिजन बहसपछि यो प्रक्रिया अवरुद्ध भएको थियो ।

ट्रम्पले आइतबार चेतावनी दिँदै भन्नुभयो,“यदि युक्रेनले अमेरिकाको नयाँ प्रस्ताव अस्वीकार गर्यो भने जेलेन्स्कीलाई ठूला समस्याहरू आउनेछन् ।”