२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday
Latest
पहिलोपटक एक्सन सिनेमामा देखिँदै विपीन कार्की आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता गरे देशमा आगो बल्छः अध्यक्ष थापा प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छः उर्जामन्त्री खड्का तीनकुने आन्दोलनमा लुटपाट र आगजनी गर्ने थप २ जना पक्राउ नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन



अ+ अ-

एजेन्सी । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहिन भएका छन् ।

रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ ।

“आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत् ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,” युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत्गृहहरूमा निरन्तर हवाई आक्रमणहरू गरिरहेको छ ।

त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्र जापोरिझियामा नयाँ आक्रमणहरू भएका छन् ।

विदेशमन्त्री सिबिगाले अमेरिका र युक्रेनबीच खनिज स्रोतसम्बन्धी सम्झौतामा पनि छलफल भइरहेको जानकारी दिनुभयो । सम्झौता भएमा अमेरिकाले युक्रेनी प्राकृतिक स्रोतहरूमा पहुँच पाउनेछ, जसको बदलामा युक्रेनले थप अमेरिकी सहायता प्राप्त गर्नेछ ।

“अमेरिकी व्यवसायको उपस्थिति बलियो बनाउनु हाम्रो लक्ष्य हो । त्यसैले हामी अमेरिकी साझेदारहरूसँग मिलेर पारस्परिक रूपमा स्वीकार्य सम्झौता गर्ने प्रयास गरिरहेका छौं,” सिबिगाले भन्नुभयो ।

गत महिना दुवै देशले यो सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए, तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच टेलिभिजन बहसपछि यो प्रक्रिया अवरुद्ध भएको थियो ।

ट्रम्पले आइतबार चेतावनी दिँदै भन्नुभयो,“यदि युक्रेनले अमेरिकाको नयाँ प्रस्ताव अस्वीकार गर्यो भने जेलेन्स्कीलाई ठूला समस्याहरू आउनेछन् ।”