६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान



अ+ अ-

एजेन्सी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए ।

शिखर सम्मेलनमा स्टार्मरले एकसाथ काम गरेमा मात्र मानव तस्करी सञ्जालहरू समाप्त गर्न सकिने बताउनुभयो ।

शिखर सम्मेलनमा भियतनाम र इराक जस्ता आप्रवासीहरूको उत्पत्ति देशका प्रतिनिधिहरूका साथै बाल्कन जस्ता पारगमन देशहरूका प्रतिनिधिहरू सहभागी छन् । शिखर सम्मेलनमा बोर्डर फोर्सका प्रमुख, बेलायतमा सीमा नियन्त्रण कार्यहरूका लागि जिम्मेवार निकायका साथै इन्टरपोल, युरोपोल र अफ्रिपोलका प्रतिनिधिहरू पनि सहभागी छन् ।

यो शिखर सम्मेलन युरोपेली सङ्घ (इयु) ले अनियमित आप्रवासीहरूको निष्कासन गतिलाई तीव्र पार्न आफ्नो सीमाभन्दा बाहिर आप्रवासी केन्द्रहरू स्थापना गर्ने विचार गरिरहेको समयमा भएको छ ।

बैठकमा सहभागीहरूले मानव तस्करी सञ्जालहरूले मानिसहरूलाई अवैध रूपमा भित्र्याउन प्रयोग गर्ने उपकरण, पूर्वाधार र जालसाजी कागजातहरू जाँच्नेछन् । उनीहरूले कसरी ती सञ्जालहरू सञ्चालन हुन्छन् र अनलाइनमा आप्रवासीहरूको आकर्षण विरुद्ध लड्न विश्वव्यापी सहमति पुग्नेबारे पनि छलफल गर्नेछन् ।