७ भाद्र २०८३, आईतवार
,
Latest
बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु



अ+ अ-

काठमाडौँ । संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गर्नुभएको छ ।

यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहनुभएको छ । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहनुभएको छ । थेरापी चलिरहेको कारण देखाउँदै उहाँ २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराउनु भयो ।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गर्नुभयो ।

प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।