२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छः प्रभु साह



अ+ अ-

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’