३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पद फुकुवाको माग गर्दे रविले भेटे सभामुख



अ+ अ-

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

पार्टीका अन्य नेताहरु सहित सभामुखको कार्यालय सिंहदरबार पुगि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्नुभएको हो ।

एक महिना अघि पनि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।