२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

हिमालय एअरलाइन्सको ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सुरु

हिमालय एअरलाइन्सको ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सुरु
अ अ+ अ-

काठमाडौं । हिमालय एअरलाइन्स्ले ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्म हिजोदेखि सेड्यसल उडान सुरु गरिएको हो । यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत् हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने विश्वास एअरलाइन्सले लिएको छ ।

हिमालय एअरलाइन्स्ले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ । ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट हिजो चीनको स्थानीय समयअनुसार दिउँसो १४ बजेर ३९ मिनेटमा उडान भर्‍यो । एक घण्टा चौतीस मिनेटको उडान समयपछि कुल १०७ यात्रुहरूसहित नेपाली स्थानीय समयअनुसार १३ बजेर ५६ मा पोखरा अवतरण गरेको एअरलाइन्सले जनाएको छ । पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर २० मा प्रस्थान गरी चीनको स्थानीय समयअनुसार १२ बजेर ५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ ।

नयाँ ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ ।

ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, गण्डकी प्रदेशका उद्योग र पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णलगायत अन्य विशिष्ट व्यक्ति सहभगाी थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा कनेक्टीभिटीको भूमिकामा जोड दिनुभयो । उहाँले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्स्को प्रशंसा गर्दै नियमित उडानहरू कायम राख्ने चुनौतीहरूलाई स्वीकार गर्नुभयो ।

त्यस्तै संस्कृति, पर्यटन र नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालका सबै सरोकारवालाहरूलाई हिमालय एअरलाइन्स्लाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिनुभयो । अन्तर्राष्ट्रिय उडानको सपना हिमालयले वास्तविक बनाएको भन्दै उहाँले थप अन्तर्राष्ट्रिय उडानहरू र थप अन्तर्राष्ट्रिय गन्तव्यहरू प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।