२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भूकम्पपीडितका लागि म्यानमारमा सहायता सामग्री पठाउने



अ+ अ-

काठमाडौं । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरुका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्नेगरी चाउचाउ, विस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरु म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका संघसंस्थाहरुलाई पनि आह्वान गर्नुभयो ।

उहाँले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्नेगरी मानवीय सहायता एवं राहातस्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिनुभयो ।

सो बैठकमा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाललगायतले निजी क्षेत्रका तर्फबाट संस्थागत रुपमा सहायता सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राइ, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायले सहायता सामग्रीहरु जम्मा गरेर परराष्ट्र मन्त्रालय मार्फत् जतिसक्दो चाँडै म्यानमार पठाइने बताउनुभयो ।

म्यानमारमा यही चैत १५ गते गएको ७.७ रेक्टर स्कलेको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।