१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा
अ अ+ अ-

काठमाडाैँ ।  नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई आफ्नो मूल अभियान बनाउँदै आएको पैचो पसलले संस्थागत विकासको अर्को महत्वपूर्ण फड्को मारेको छ। आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै कम्पनी पैचो पसल प्रा.लि.बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेसँगै कम्पनीले आफ्नो नयाँ संस्थागत संरचनाअनुसार कारोबार प्रारम्भ गरेको पैचोले जनाएको छ। विक्रम संवत २०७१ सालमा स्थापना भएको पैचोले १२ वर्षदेखि नेपाली कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच विश्वासको सशक्त सेतु निर्माण गर्दै आएको छ। उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृङ्खला विकास गर्दै कम्पनीले नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको सफल मोडलका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

संस्थागत विकासको नयाँ अध्याय पब्लिक लिमिटेडमा रूपान्तरणसँगै कम्पनीले आफ्नो पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ प्राथमिकताका रूपमा अघि बढाउने जनाएको छ। पैचो पसल लिमिटेडका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कम्पनीको यो रूपान्तरणलाई केवल कानुनी संरचना परिवर्तनका रूपमा नभई नेपाली कृषि उद्यमको भविष्य निर्माण गर्ने ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे।

उनले भने, ‘पैचो एउटा व्यवसाय मात्र होइन, यो लाखौं किसानको सपना, उपभोक्ताको विश्वास र स्वदेशी उत्पादनप्रतिको हाम्रो प्रतिबद्धताको साझा अभियान हो। पब्लिक लिमिटेडमा रूपान्तरणसँगै अब यस यात्रामा सर्वसाधारण, लगानीकर्ता र सम्पूर्ण नेपाली समुदायलाई सहयात्री बनाउने हाम्रो लक्ष्य छ।’ उनका अनुसार पैचोको आगामी रणनीति नेपाली कृषि उत्पादनलाई अझ प्रतिस्पर्धी, गुणस्तरीय र विश्व बजारसम्म पुर्‍याउने दिशामा केन्द्रित हुनेछ।

आईपीओ तयारी अन्तिम चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ। आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने जनाएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाउने अभियान पैचोले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका कृषकसँग प्रत्यक्ष सहकार्य गर्दै ताजा कृषि उत्पादनलाई आधुनिक प्रशोधनमार्फत बजारयोग्य बनाउँदै आएको छ। हाल कम्पनीले केचप, जाम, विभिन्न प्रकारका अचार, चुक, छोप, आँटो, कोदोको पिठो, सिन्की, मह लगायत करिब १०० भन्दा बढी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ।

यी उत्पादनहरू नेपालभरका आधुनिक खुद्रा सञ्जालमार्फत बिक्री भइरहेका छन् भने अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै गएका छन्। कृषकसँगै समृद्धिको यात्रा ‘किसान समृद्ध भए मात्रै कृषि समृद्ध हुन्छ, र कृषि समृद्ध भए मात्रै राष्ट्रको अर्थतन्त्र दिगो रूपमा सुदृढ बन्न सक्छ’ भन्ने विश्वासका साथ पैचो पसल लिमिटेडले आगामी वर्षमा लाखौं कृषकसँगको सहकार्यलाई थप विस्तार गर्ने रणनीति लिएको जनाएको छ। प्रबन्ध निर्देशक न्यौपानेका अनुसार छरिएर रहेका कृषि उपज संकलन केन्द्रलाई थप विस्तार, आधुनिकीकरण र व्यवस्थित गरिनेछ।

यसबाट कृषकले उत्पादन गरेको ताजा कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्‍याउने आधार तयार हुनेछ। कम्पनीले ‘ताजा तरकारी बिक्री भण्डार’को सञ्जाल विस्तार गर्दै ग्रामिण कृषि उपजको प्रत्यक्ष बजारीकरणलाई सुदृढ बनाउन ब्राण्डिङ गर्ने योजना अघि सारेको छ। त्यससँगै कृषि प्रशोधन उद्योगमा थप लगानी, रोजगारी सिर्जना, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा स्वदेशी कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अवलम्बन गरिएको कम्पनीले जनाएको छ। पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरणसँगै पैचो पसल लिमिटेडले नेपालको कृषि अर्थतन्त्रलाई समेत नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ ।