२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस



फाईल फोटो
अ+ अ-

काठमाडौँ: सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो ।रासस