२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि

मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि
फाइल फोटो
अ अ+ अ-

दाङ। प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा घोराहीमा मुख्यमन्त्री कप ‘प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१’ हुने भएको छ ।

यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरनदाज गौतमले जानकारी दिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तरराष्ट्रिय भलिबल महासङ्घको नियमानुसार खेलाइने उहाँले बताउनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

सहभागी टिममा १२ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाइएको छ । सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको छ ।

आयोजकले खेल सञ्चालन हुने जिल्लाबाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायातवापत रकम उपलब्ध गराउने तथा सहभागी टिमलाई खाना तथा आवासको रकम उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद रु ६५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताउनुभयो । त्यसैगरी, तृतीय पुरस्कार नगद रु ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद रु १५ हजार प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै छ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । आयोजक प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसपछि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ । रासस