२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा जनस्वास्थ्य सेवा र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमा सामान्य सैद्धान्तिक छलफल भएको छ ।

दुवै विधेयक आइतबार प्रदेशसभामा प्रस्तुत गरिएका थिए । विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिने जनाइएको छ । सैद्धान्तिक छलफलपछि विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइने प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

आजको बैठकले भवन निर्माण तथा बस्ती विकास र खानी तथा खनिजसन्बन्धी विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेश मातहतका सबै अस्पतालको स्तरोन्नति गर्न लागिएको बताउनुभयो । रासस