२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने रविको तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गर्नुभएको छ ।

पार्टी केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको जानकारी गराउनु भयो ।

उहाँले पुनर्संरचनाका लागि तयार रहन पार्टी नेताहरूलाई निर्देशन दिनुभएको छ । केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभयो ‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु ।’

लामिछानेले अरु दलमा अवसर नपाएर मात्रै रास्वपामा आउने यो पार्टी नभएको बताउनु भयो ।

लामिछानेले आगामी बैशाखको तेस्रो साता पहिलो महाधिवेशन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।