२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन



अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ ।

प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् ।

सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए भने केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए ।

ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।

‘लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स’का पूर्व राष्ट्रिय अध्यक्ष हेक्टर फ्लोर्सले विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वास्तुकला, कला, खाना, स्वास्थ्य सेवा, शिक्षा र विज्ञान लगायत विभिन्न क्षेत्रमा ल्याटिनहरूको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “ल्याटिनहरू अमेरिकाको मेरुदण्ड हुन् ।”

दोस्रो कार्यकालमा आफ्नो अभियानको दृढ योजनाको रूपरेखा प्रस्तुत गर्दै राष्ट्रपति ट्रम्पले अघि सारेका आप्रवासन अधिकारलगायतका नीतिगत परिवर्तनबारे न्याय हुनुपर्ने फ्लोर्सले बताउनुभयो ।

ट्रम्पले आप्रवासन नीतिलाई संसोधन गरी जन्मसिद्ध नागरिकतालाई हटाउने प्रयास गरेपछि अमेरिकी प्राज्ञहरूलेसमेत यसलाई असंवैधानिक निर्णय भनेका छन् ।