२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.18

Wind: 1.03

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय महिला इक्युवालिटी टी—२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि



अ+ अ-

मोरङ। चौथो संस्करणको ‘इक्युवालिटी कप टी २० क्रिकेट–२०२५’ प्रतियोगिता सोमबारदेखि विराटनरमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल क्रिकेट फाउन्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता विराटनगर–६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा हुने जानकारी दिइयो। फाउन्डेसनका संयोजक मन्दीप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टोलीहरू सहभागी हुनेछन् । चार टोलीहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ ।

सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरीबीच हुनेछभने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ । फाउन्डेसनले म्यारिलिबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत प्रतियोगिता आयोजना गर्दै आएको संयोजक साहले बताउनुभयो ।

फाउन्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुले नवप्रतिभा पहिचान तथा उत्पादनमा मद्दत गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना हुँदै आएको बताउनुभयो । यही प्रतियोगिता खेलेका सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय खेल्नसमक्ष भएको उहाँले उल्लेख गर्नुभयो ।

फाउन्डेसनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेटको प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा लिग चरणमा छ र फाइनलसहित सातवटा खेल हुनेछन् । रासस