२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले लोकतन्त्रको मजाक बनाईएको छ, नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियो : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनको टिप्पणी छ । आज रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्था माथि नै छ त ? म भन्छु–अहिले पार्टीको हैकम छ । देश पार्टीले चलाएको छ । त्यसमा पनि पार्टीभित्रको गुटले । सांसद भनेको पार्टीको कारिन्दा मात्र हो । अहिले लोकतन्त्रको मजाक बनाईयो ।

हिजो लडेर ल्याईएको परिवर्तन र बदालव उल्टाईयो, लोकतन्त्रको ठाउँमा दललतन्त्र बनाईयो । राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागकिरता दिने नाँगै राष्ट्रघात भयो । संघीयताको नाममा ७६१ को दुनियाँमा नभएको तीन तहको सरकार बनाईयो । अल्पसंख्यकको लागि लडिएको थियो, अहिले शासकलाई पोसियो । समानताको सट्टा विशेषाधिकार ल्याईयो । प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो ।’

उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम बनाईएको भन्दै आलोचना गरे । उनले भने, ‘जनता देशको मालिक भएका छैनन् । कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको अल नि वान हो, तर प्रधानमन्त्रीमाथि अख्तियार लाग्दैन् ।’

उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको भएपनि अहिले जनताले सभा गर्ने थलो नभएकोमा आक्रोश पोखे । उनले भने, ‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्नुहुन्छ, प्रचण्डजीले गर्नुपरे अर्को सडकमा गर्नुहुन्छ, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुवै दलमा ओरिजनल नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।