२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले लोकतन्त्रको मजाक बनाईएको छ, नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियो : प्रभु साह



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिले नेपालमा व्यवहारमा लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

अहिले लोकतन्त्र र संसदीय सर्वोच्चता हराएको उनको टिप्पणी छ । आज रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो हामी लोकतन्त्रको लागि जसरी लड्यौं, अहिले लोकतन्त्र छ ? जनताको सर्वोच्चता यसैलाई भन्छौं ? नेपालमा निर्वाचित संस्थाको सर्वोच्चता छ ? निर्वाचित संस्था माथि नै छ त ? म भन्छु–अहिले पार्टीको हैकम छ । देश पार्टीले चलाएको छ । त्यसमा पनि पार्टीभित्रको गुटले । सांसद भनेको पार्टीको कारिन्दा मात्र हो । अहिले लोकतन्त्रको मजाक बनाईयो ।

हिजो लडेर ल्याईएको परिवर्तन र बदालव उल्टाईयो, लोकतन्त्रको ठाउँमा दललतन्त्र बनाईयो । राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागकिरता दिने नाँगै राष्ट्रघात भयो । संघीयताको नाममा ७६१ को दुनियाँमा नभएको तीन तहको सरकार बनाईयो । अल्पसंख्यकको लागि लडिएको थियो, अहिले शासकलाई पोसियो । समानताको सट्टा विशेषाधिकार ल्याईयो । प्रतिष्पर्धाको लागि लडेका थियौं, सिण्डिकेट बनाईयो ।’

उनले नेताहरुको शासनलाई गणतन्त्र भनेर भ्रम बनाईएको भन्दै आलोचना गरे । उनले भने, ‘जनता देशको मालिक भएका छैनन् । कांग्रेस र एमालेले निर्वाचनको प्रतिबद्धता उल्लंघन गरेका छन् । कुन कानूनले कांग्रेस र एमालेको सरकार बनाउनुभयो ? तपाईंहरुलाई कानून लाग्दैन ? दुनियाँमा नभएको जात्रा नेपालमा भैरहेको छ, सबैलाई थाहा छ अहिलेको क्याविनेट सिस्टममा प्रधानमन्त्री भनेको अल नि वान हो, तर प्रधानमन्त्रीमाथि अख्तियार लाग्दैन् ।’

उनले हिजो राजाको पालामा समेत सभा तथा सम्मेलन गर्ने ठाउँहरु छुट्याईएको भएपनि अहिले जनताले सभा गर्ने थलो नभएकोमा आक्रोश पोखे । उनले भने, ‘केपी ओली सभा गर्नुपर्यो भने एउटा सडकमा गर्नुहुन्छ, प्रचण्डजीले गर्नुपरे अर्को सडकमा गर्नुहुन्छ, तर जनताले कहाँ सभा गर्ने ?’ उनले कांग्रेस र एमाले दुवै दलमा ओरिजनल नेताको भ्यालु नभएको र खाली पहुँच भएकाहरुको मात्रै बोलवाला रहेको टिप्पणी गरे ।