• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

२० करोड वर्षमा भारतको पश्चिमी तट अफ्रिकामा ठोक्किने



नयाँ दिल्ली । हामीमुनिको टेक्टोनिक प्लेटहरूको सञ्चालनले सबै महाद्वीप निरन्तर चलिरहेका छन् । यी महाद्वीप विस्तारै तर निश्चितरूपमा एक गन्तव्यबाट अर्को गन्तव्यमा ट्रान्जिटमा छन्। अबको करिब २० करोड वर्षमा भारतले सोमालिया र मडागास्करलाई टुक्र्याउने नयाँ अध्ययनले देखाएको छ।

टाढाको भविष्यमा टेक्टोनिक प्लेटबीच हुने आन्दोलको भविष्यवाणी गर्ने सिमुलेशनका आधारमा वैज्ञानिकहरूले अरब सागरको अस्तित्व २० करोड वर्षमा समाप्त हुनेछ भनेर पत्ता लगाए। भारतको पश्चिमी तटरेखालाई सोमालियन पर्वतहरूले प्रतिस्थापन गर्नेछ। समुद्रबिना पनि मुम्बई राम्रो देखिने छ ।

भारतको आर्थिक राजधानी मुम्बई त्यतिबेला तथाकथित ‘सोमालिया पर्वत’ को फेदमा अवस्थित हुनेछ जसले सम्पूर्ण तटीय रेखालाई प्रतिस्थापन गर्नेछ।

मोगादिसु र मुम्बई अबको २० करोड वर्षमा लगभग छिमेकी बन्नेछन्। कोलकाता र मरिसस पनि एकअर्काको नजिक हुनेछन्।
हामीले अहिले थाहा पाएको श्रीलङ्का नयाँ भारतीय उपमहाद्वीपको हिस्सा बन्ने गरी हराउनेछ।

अमेरिकी जर्नल अफ साइन्समा युट्रेच युनिभर्सिटीका भूवैज्ञानिक प्रोफेसर डुवे भ्यान हिन्सबर्गनले शोधपत्र प्रकाशित गरेका हुन् । इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा भ्यान हिन्सबर्गनले दक्षिणपश्चिम भारतले त्रिवेन्द्रमदेखि कराँचीसम्म नै डिप्रेसन पाउने बताए ।

“सोमालिया समावेश भएको हर्न अफ अफ्रिकाले दक्षिणपश्चिम भारतलाई ओभरराइड वा बुलडोज गर्नेछ र यसले ठूलो पहाड बेल्ट बनाउनेछ”, उनले भने ।