२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता भेट्रान खेलाडी सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तरराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आज सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो । कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहतर्फ लङजम्पमा रजत जितेका थिए ।

पुरुष ८०–८५ वर्ष समूहको एक हजार ५०० मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्ष उमेर समूहको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कास्य जितेका थिए । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल मास्टर्स एथलिट सङ्घका अध्यक्ष जिएन दाई शर्माले प्रशंसापत्रसहित सम्मान गर्नुभयो ।