काठमाडौं । नेकपा भित्रको अन्तरकलह र शक्ति संर्घष उत्कर्षमा पुगिरहेको समयमा आज शुक्रबार पनि चार नेताहरुले सञ्चारकर्मीसँग छलफल गर्ने भएका छन् । दिउँसो ४ बजे नक्सालको होटल मेरियटमा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग छलफल गर्न लागेका हुन् ।
केही दिन अघि भएको यस्तै छलफलमा अध्यक्ष दाहालले कुनै पनि पार्टी विभाजन हुन सक्ने भन्दै मानसिक रुपमा तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाइ निर्देशन दिइएकाे थियो भने अन्य नेताहरुले पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी हिसाबले अघि बढेको भन्दै ओली नसच्चिए पार्टी गम्भिर अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।
चार नेताले सञ्चारकर्मीसँग गरेको छलफल र व्यक्त भएका अभिव्यक्तिलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गम्भिर आपत्ति जनाउँदै यसबारेमा छलफल गर्न बिहीबार अध्यक्ष दाहाललाई भेट्न दलका उपनेता सुवास नेवाङ्गलाई खुमलटार पठाएका थिए ।











