११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ५३८ नयाँ कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २० लाख २७ हजार ७५ जना संक्रमित भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आजसम्मकै सबैभन्दा उच्च संख्यामा मानिसहरु संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६२ हजार ५३८ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।  भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ४१ हजार ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८८६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १३ लाख ७८ हजार १०५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।