
चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।
राजावादीहरुले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडिबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् ।
लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि ठूलो धनको क्षति भएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीहरुले शुक्रवार अचानक प्रकोशन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए ।
यसै सम्बन्धी अहिलेको अवस्थाका बारेमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु प्रश्तुत गरेका छौँ ।