• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

प्रचण्ड नेपाल पक्षले आयोजना गरेको सम्पादकसँगको भेटघाट अकस्मात स्थगित



काठमाडौं । नेकपा भित्रको अन्तरकलह र शक्ति संर्घष उत्कर्षमा पुगिरहेको समयमा आज पनि प्रचण्ड र माधव नेपाल पक्षीय चार नेताहले सम्पादकहरुसँग गर्ने भनी आमन्त्रण समेत गरिएको भेटघाट आज अकस्मात रोकिएको छ । दिउसो चार बजे नक्सालको होटल मेरियटमा अध्यक्ष पुष्पकमल दहाल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले संञ्चारकर्मीहरुसंग छलफल गर्न लागेको भन्दै विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुलाई बोलाइएको थियो । 

केही दिन अघि भएको यस्तै छलफलमा अध्यक्ष दहालले कुनै पनि पार्टी बिभाजन हुनसक्ने भन्दै मानसिक रुपमा तयार रहन निर्देशन दिएका थिए । सो भेलमा अन्य नेताहरुले पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटी हिसाबले अघि बढेको भन्दै ओली नसच्चिए  पार्टी गम्भिर अबस्थामा पुग्ने चेतावनी दिएका थिए ।

सोही दिन प्रचण्ड, माधव नेपाल, झलनाथ खनानल र नारायणकाजी श्रेष्ठले संञ्चारकर्मीसंग गरेको छलफल र ब्यक्त भएका अभिब्यक्तिलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गम्भिर आपत्ति जनाउदै यसबारेमा छलफल गर्न बिहिबार अध्यक्ष दहाललाई भेट्न दलका उपनेता शुबास नेवाङ्गलाई खुमटटार पठाएका थिए ।

सो पक्षले आज गर्ने भनेको उक्त अन्तरक्रिया अकस्मात किन स्थगित गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रचण्डले पार्टी फुट्न सक्छ तयार रहनु भनी दिएको अभिव्यक्तिले ओली पक्षका नेता तथा कार्यकर्ताहरुले प्रचण्डले पार्टी फुटाउने लागेको भनेर चर्को विरोध गरेका छन् ।