२८ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठबिसकोटको नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, लेखियो ‘आई लभ यु प्रमिला’



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।

कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर आई लभ यु प्रमिला, आई रियल्ली लभ यु ‘ लेखिएको छ ।

बोर्डबाट नापी कार्यालयको नाम हटाएर सो डिस्प्ले गरिएको नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए । यसबारे अनुसन्धान भईरहेको उनले बताए ।

केही दिनअघि भरतपुरको विद्युत प्राधिकरणको बोर्डमा पनि प्रधानमन्त्री विरुद्ध आपत्तिजनक नारा डिस्प्ले भएको थियो ।