६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा लम्साल सर्वसम्मत



अ+ अ-

तनहुँ । नेपाल शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा सुरज लम्साल सर्वसम्मत चयन भएका छन् ।

शनिवार सम्पन्न भएको प्रथम अधिवेशनबाट जनज्योति माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका लम्सालको नेतृत्वमा २२ सदस्यीय समिति गठन भएको हो ।

लम्साल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमादको निवर्तमान अध्यक्ष हुन् ।

यस्तै, महासंघको सहअध्यक्षमा केशवराज तिमिल्सिना, उपाध्यक्ष श्रीकान्त उपाध्याय, महिला उपाध्यक्ष ईश्वरी पाण्डे अधिकारी, सचिव केशवराज कँडेल, सहसचिव प्रकाश तिमल्सिना, महिला सहसचिव बुद्धिमाया थापा र अर्थ सहसचिव मदन कुमार थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा दर्शन थापा, गोविन्द सिग्देल, गीता श्रेष्ठ, जीमाया थापा, मनिषा लम्साल, पदम राना, कमलकान्त सुवेदी, सुजन ढेवाजू, माधवी सिग्देल, भीष्म राना मगर र योगबहादुर नेपाली चयन भए । समितिमा केदारनाथ सिग्देल, केशरबहादुर खड्का र महेन्द्र सिग्देल पदेन सदस्य रहेका छन् ।

भिमाद नगरपालिका कार्यालयको सभाहलमा कार्यक्रम संयोजक केशर बहादुर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रमको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले भिमादको शैक्षिक सुधारका लागि सँगसँगै हातेमालो गर्न महासंघसँग आग्रह गरे । शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति जिम्मेवारी हुनुपर्ने उनको भनाई छ ।

यसैगरी महासंघका जिल्ला अध्यक्ष चन्द्रमणि कोइरालाले वर्तमान आन्दोलनमा सम्पूर्ण शिक्षकहरू एकाताबद्ध भएर लाग्न आह्वान गरे ।

शिक्षक संघ भिमादका सचिव विजयराज गौतमले कार्यक्रम संचालन गरेको कार्यक्रममा भिमाद नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव सन्दिप पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तनहुँ जिल्ला अध्यक्ष बाबुराम रानाभाट, शिक्षक संघ भिमादका अध्यक्ष केदारनाथ सिग्देल, जनज्योति माविका प्रअ गणेश सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन भिमादका अध्यक्ष महेन्द्र सिग्देलले स्वागत मन्तव्य राखेको शिक्षक चिनकाजी थापाले जानकारी दिए ।