२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं र ललितपुरले बराबरी खेले



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता ललितपुर र पहिलो संस्करणको विजेता काठमाडौंले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

काठमाडौं रेजर्सले दुई गोलले पछि परेको अवस्थामा सानदार पुनरागमन गर्दै बराबरी गर्‍यो । भ्याली डर्बी खेलमा ललितपुरले सुरुवाती १५ मिनेटमै दुई गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै जोनाथान कान्टिलानाले कर्नर साइडबाट क्रस गरेको बल काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

यस्तै, ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्‍यो । पहिलो हाफमा दुई गोलले पछि परेको काठमाडौंले दोस्रो हाफमा पुनरागमन गर्‍यो । काठमाडौंका लागि विदेशी खेलाडी अमादोउ डिओपले ७६औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । काठमाडौले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्‍यो ।

ललितपुरका डिफेन्डरले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै काठमाडौंको हार टारे ।