२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 2.57

Humidity: 41

Latest
बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ: शिशिर खनाल संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धिः महासंघ अध्यक्ष सिंह अमेरिकाले लिएको पारस्पारिक भन्सार नीतिः नेपालले गर्नुपर्ने के हो ? सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं र ललितपुरले बराबरी खेले



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता ललितपुर र पहिलो संस्करणको विजेता काठमाडौंले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

काठमाडौं रेजर्सले दुई गोलले पछि परेको अवस्थामा सानदार पुनरागमन गर्दै बराबरी गर्‍यो । भ्याली डर्बी खेलमा ललितपुरले सुरुवाती १५ मिनेटमै दुई गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै जोनाथान कान्टिलानाले कर्नर साइडबाट क्रस गरेको बल काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

यस्तै, ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्‍यो । पहिलो हाफमा दुई गोलले पछि परेको काठमाडौंले दोस्रो हाफमा पुनरागमन गर्‍यो । काठमाडौंका लागि विदेशी खेलाडी अमादोउ डिओपले ७६औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । काठमाडौले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्‍यो ।

ललितपुरका डिफेन्डरले भिनसेन्ट कोजिएलोलाई पेनाल्टी बक्समा लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । उनै कोजिएलोले पेनाल्टीमा गोल गर्दै काठमाडौंको हार टारे ।