२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर



Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौँ। हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् ।

टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिलकुमार साह समेटिएका छैनन् । दुवै इन्जुरीबाट रिकभर हुने क्रममा रहेकाले टोली बाहिर राखिएको बुझिएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव ।