२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने हिंसाको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलन गर्ने समिति बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पनि ज्ञानेन्द्रले नै लिनुपर्ने बताए ।

उनले भने, ‘अराजक अवस्था देखाइयो । त्यसमा समीक्षा गरेर हिजोको घटनालाई गम्भीर भन्दै भ्रत्सना गरेका छौँ । निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ । जहाँ जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ । अन्य कैयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ उहाँले नै समिति गठन गर्नुभएको हो ।’