२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने हिंसाको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलन गर्ने समिति बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पनि ज्ञानेन्द्रले नै लिनुपर्ने बताए ।

उनले भने, ‘अराजक अवस्था देखाइयो । त्यसमा समीक्षा गरेर हिजोको घटनालाई गम्भीर भन्दै भ्रत्सना गरेका छौँ । निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ । जहाँ जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ । अन्य कैयौँ घाइते भएका छन् । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ उहाँले नै समिति गठन गर्नुभएको हो ।’