२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित: राष्ट्रपति पौडेल सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कुलमान र हितेन्द्रको मुद्दा न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा संविधानविद् भीमार्जुन आचार्यको स्टाटस कसरी हट्यो ? यस्तो लेख्नु भएको थियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाइयो–फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ । अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रश्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रश्तुत गरिएको थियो ।