७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवल शम्शेर पक्राउ परेको सूचना संसद पुग्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहेका राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका थिए ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ भने संसद नभएको अवस्थामा सूचनापाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ ।

प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।