२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजाको सेवा सुविधा खोस्दै सरकार



अ+ अ-

काठमाडौँ: नेपाल सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने तयारी गरेको छ । हिजोको मन्त्रिपरिषद बैठकमा यस विषयमा छलफल भएको र प्रक्रियालाई अघि बढाउन लागिएको समाचार स्रोतले बतायो ।

स्रोतका अनुसार हिजो काठमाडौँमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हिंसा र लुटपाटमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको ठहर गर्दै सरकारले सो निर्णय गर्न लागेको हो ।

सो आन्दोलनलाई हिंसात्मक बनाउन पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईलाई तोकेका र आन्दोलनको अघिल्लो दिन निर्मल निवासमा बोलाएर आन्दोलनका बारेमा निर्देशन दिएको सरकारको ठहर छ ।

सरकारले तत्कालका लागि उनको राहादानी रद्द गर्ने तयारी थालेको छ । उनीमाथि अनुसन्धान सुरु हुने भएकाले त्यसैक्रममा विदेश भाग्ने अनुमानका साथ सबैभन्दा पहिला उनको पासपोर्ट रद्द गरिने एकजना मन्त्रीले जानकारी दिए ।

त्यसलगत्तै सरकारले पूर्वराजाका हैसियतमा दिइएको सुरक्षाकर्मी लगायतको सुविधा खोस्ने पनि तयारी गरेको छ ।