८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

पक्राउ परेका नेताको रिहाई र घटनाको छानबिन गर्न कमल थापाको माग

पक्राउ परेका नेताको रिहाई र घटनाको छानबिन गर्न कमल थापाको माग
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको घटनाको निश्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग राख्नु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा थापाले हिजोको घट्नाहरु दु:खद् रहेको र कुनैपनि बहानामा हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने जनाउनु भएको छ ।

थापाले हिंसा, अराजकता वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका भन्दै राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाईको माग गर्नुभएको छ ।

यस्तो थापाको धारणा:

चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु दुस्खद छन्। कुनै पनि वहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न। प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेस रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कार्वाही गर्नै पर्छ।

पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।

तर, हिजोको घटनाको सन्दर्भमा केही गंभीर प्रश्नहरू पनि छन्। निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार गर्‍योरु कार्यक्रम शुरु हुनु अगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियोरु सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयोरु परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाईएनरु राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहिँ कतैबाट षडयन्त्र त भएको थिएन रु आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन रु यि र यस्ता प्रश्नहरूको निष्पक्ष छानविन हुनुपर्छ।

भविष्यमा यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी छ। तर, हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाई चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुनेछ। हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।

यहि घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने छ।

केही अप्रिय घटनाहरुको वावजुद हिजोको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो छ, र त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यलाई समेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।

हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ ।

साथै, हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग गर्दछु।