८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

काठमाडौँमा आगो लागिरहँदा संसदीय दलमा के गर्दै थिए गृहमन्त्री ?

काठमाडौँमा आगो लागिरहँदा संसदीय दलमा के गर्दै थिए गृहमन्त्री ?
अ+ अ-

काठमाडौँ । हिजो काठमाडौँमा भएको राजावादीहरुको आन्दोलनमा भएको अराजकता देखेका सबैले सामाजिक सञ्जालमार्फत् गृहमन्त्रीको खोजी गरिहेका थिए । काठमाडौँको विशेषगरी तीनकुने क्षेत्रमा देखिएको हिंसापछि धेरैले यसरी व्यक्तिका घरमा तोडफोड र आगजनी तथा घरमा लागेको आगो निभाउन आएको अग्नि नियन्त्रकलाई समेत ढुंगामुढा गरिरहेको दृश्य देखेका सर्वसाधारणहरुले प्रहरीको निरिहता देख्दा गृहमन्त्री सम्झिएका थिए ।

तर दुःखको कुरा गृहमन्त्री रमेश लेखक भने त्यतिनै बेला बिना कुनै काम नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा तीन/तीन घन्टा गफिएर बिताएका थिए । त्यस्तै साढे १० बजेतिर उनलाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले फोन गरेका थिए । लगत्तै गृहमन्त्री लेखक त्यहाँ पुगे । उनको साथमा थिए कांग्रेसका सांसद जीवन परियार पनि ।

उनीहरु संसदीय दलमै दिउँसो १ बजेसम्म नै बसेका थिए । तर यता काठमाडौँमा भने राजावादीहरुले आन्दोलन सुरु गरिसकेका थिए । बिहानैदेखि उनीहरुले हिंसात्मक आन्दोलन गर्ने संकेत दिएकै थिए । किनभने बिहान ११ बजे नै आन्दोलनकारीहरु नयाँ बानेश्वसको निषेधित क्षेत्रमा राखिएको काँडेतार फाल्ने प्रयास सुरु गरिसकेका थिए ।

तर यता गृहमन्त्री भने त्यो आन्दोलनको मतलब गरिरहेका थिएनन् । न हिजो पार्टीको बैठक थियो र नत संसदमा त्यस्तो कुनै विशेष संशोधन नै थियो । यहाँसम्म कि संसद बस्दै नबसी सुरुमै सूचना टाँस गरेर स्थगित भइसकेको थियो ।

तर त्यति लामो समयसम्म गृहमन्त्री किन त्यहाँ बसे त ? यस विषयमा प्रधानमन्त्रीले पनि जानकारी लिएनन् र नत पार्टी सभापति शेरबहादुर देउवालाई नै जानकारी थियो ।

जब आन्दोलनले उग्र रुप लियो र व्यक्तिका घरघरमा आन्दोलनकारीले आगजनी गर्न थाले अनि तीन कुनेमा गोली चल्यो, तब गृहमन्त्रीसँग प्रधानमन्त्रीले जानकारी लिन थाले । त्यसबेला मात्र उनी कांग्रेस संसदीय दलमा बसेको थाहा भयो ।

राति साढे ८ बजे बसेको मन्त्रिपरिषदको बैठकमा पनि नागरिकले सोसियल मिडियामा गरेजस्तै गृहमन्त्रीको आलोचना भएको थियो । कतिपय मन्त्रीहरुले गृहमन्त्रीले त्यतिबिधी निरीहता किन देखाएको हो भनेर प्रश्न गरेका थिए । आन्दोलनको कमाण्डर भनिएको दुर्गा प्रसाईंले प्रहरीलाई नै ताकेर निषेधित क्षेत्रमा त्यसरी दक्षिण भारतको हिरोले जस्तै गाडी चलाइरहँदा प्रहरीले किन छोडेको हो भनेर मन्त्री लेखकलाई मन्त्रिपरिषद बैठकमा धेरै मन्त्रीहरुले प्रश्न गरेका थिए ।

यता सोसियल मिडियामा पनि गृहमन्त्री लेखक गैरजिम्मेवार र लोसे भएका कारण यत्रो ठूलो घटना भएको र दुई जनाको ज्यान गएको भन्दै धेरैले उनको राजीनामा माग गरेका छन् । तर कांग्रेस पार्टीभित्र भने उनी त्यति लामो समयसम्म किन संसदीय दलमा बसेका हुन् भन्ने विषयको खोजी भएको छ । गृहमन्त्रीले भने त्यसको जवाफ दिएका छैनन् ।

काठमाडौँमा राजावादी भनिएका अराजक भिडले आगजनी गरिरहेका बेला गृहमन्त्रीले यो निरीहता र बेवास्ता किन प्रदर्शन गरेका हुन् भन्ने विषय भने रहस्यमय छ । अर्काे कुरा आन्दोलनमा भएको क्षति र अराजकताको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्ने भनेर साँझ पत्रकार सम्मेलन गरेको गृहमन्त्रालयले नै समयमै प्रहरी नपठाउँदा दुर्गा प्रसाईं भाग्न सफल भएका छन् ।

प्रहरीले उनलाई पक्राउ गरेर कारबाही अघि बढाउने जानकारी गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिने कि पहिला अभियुक्तलाई पक्राउ गर्ने भन्ने प्रश्न उठ्नु पनि स्वाभाविकै हो ।

आगजनी र वितण्डा मच्चाएका दुर्गा प्रसाईंलाई समयमै पक्राउ गर्न नसक्नुमा पनि गृहमन्त्रीकै दोष रहेको धेरैको भनाई छ ।