काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित पार्ने एक जना धर्मगुरु पक्राउ परेका छन् ।
शुक्रबार भएको तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
खतिवडा यसअघि पनि पक्राउ परेका थिए ।










