२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना : नवराज नजरबन्दमा, रविन्द्र, धवलशमशेर, स्वागतलगायत पक्राउ



अ+ अ-

काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका नेताहरूलाई पक्राउ परेका छन् ।

प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । यसैगरी राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन् ।

संयोजक सुवेदीलाई होम एरेष्टमा राखिएको छ भने अन्यलाई पक्राउ गरिएको छ । उपत्यका अपराध महाशाखाले राणा र मिश्रलाई ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो भने स्वागत नेपाललाई उनकै ल फर्म बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । प्रहरीले सोही अभियानका अन्य नेताहरू सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।