५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना : नवराज नजरबन्दमा, रविन्द्र, धवलशमशेर, स्वागतलगायत पक्राउ



अ+ अ-

काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका नेताहरूलाई पक्राउ परेका छन् ।

प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । यसैगरी राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन् ।

संयोजक सुवेदीलाई होम एरेष्टमा राखिएको छ भने अन्यलाई पक्राउ गरिएको छ । उपत्यका अपराध महाशाखाले राणा र मिश्रलाई ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो भने स्वागत नेपाललाई उनकै ल फर्म बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । प्रहरीले सोही अभियानका अन्य नेताहरू सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।