७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएका ५७ वर्षीया आशा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।