२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीले आगो लगाएको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन



अ+ अ-

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक पत्रकारको मृत्यु भएको छ ।

तीनकुने स्थित सो भवनमा आज दिउँसो आन्दोलनका क्रममा राजावादीले आगजनी गरेका थिए । सो भवनमा प्रहरी बसेको आरोपसहित आगो लगाइएको थियो । आन्दोलनकारीले आगो लगाएको उक्त भवनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जिउँदै जलेर ज्यान गएको  छ ।

फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।