२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरुद्वारा कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी



अ+ अ-

काठमाडौँ। राजावादी भनिएका प्रदर्शनकारीहरुले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा नै आगो लगाएका छन् ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि तितरवितर भएका प्रदर्शनकारीले जडिबुटी पुगेर जडिबुटी कम्पनी लिमिटेडमा पुगेर आगो लगाएका थिए । सो कम्पनीको परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन् ।

अहिले प्रहरी पुगेको छ र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । राजावादीहरुले आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाडौँको तीनकुनेमा प्रदर्शन र सभाको आयोजना गरेका थिए । तर उनीहरु अराजक बन्दै निजी घर सम्पत्ति, पार्टी कार्यालयहरुमा आगजनी गरेका छन् भने उनीहरुले प्रहरीमाथि आक्रमण गरेका छन् ।