
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् ।
अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका हुन् । यसअघि उनिहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोड गरेका थिए ।