२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा शक्तिशाली भूकम्प, बिमस्टेक स्थगित हुन सक्ने



अ+ अ-

काठमाडौं ।  एसियाली मुलुक म्यानमारमा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । राजधानी यांगुनको आसपास केन्द्रबिन्दु भएर आज ७.७ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पको झट्का थाइल्यान्ड र चीनमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

म्यानमारमा भूकम्पले ठूला ठूला भवनहरू भत्किएके छन् भने मानिसहरुका बीचमा भागदौड मच्चिएको छ । त्यस्तै अवस्था थाइल्याण्डमा पनि छ ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएर सडक र खाली ठाउँमा जम्मा भएका छन् । सडकमा चिरा परेको देखिएको छ भने कैयौँ घर भत्किएका देखिएको छ ।

यो भूकम्पका कारण थाइल्याण्डमा आगामी हप्ता हुन लागेको बिमस्टेकको छैटौँ शिखर सम्मेलन पनि स्थगित हुन सक्ने अनुमान गरिएको छ ।

म्यानमार र थाइल्याण्ड दुवै देश सो समूहका सदस्य हुन् । कुनै एक देशको सहभागिता नहुने हो भने सम्मेलन रोकिन्छ । म्यानमार सरकारले त्यहाँका छ स्थानमा संकटकाल नै घोषणा गरेर सहयोगका लागि अन्तर्राष्ट्रिय दाताहरुसँग आग्रह गरिरहेको छ ।

नेपालका प्रधानमन्त्री केपी ओली र परराष्टमन्त्री डा आरजु राणा देउवा सो सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको थियो । साथै प्रधानमन्त्रीले थाइलाण्डको औपचारिक भ्रमण पनि गर्ने कार्यक्रम नेपाल सरकारले तय गरेको थियो ।

फोटो- एफपी/ रासस