१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रलाई अर्को गल्ती नगर्न दाहालको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिनु भएको छ ।

समाजवादी मोर्चाको ब्यानरमा राखिएको विरोध जनसभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिनु भएको हो।

राजावादीहरुको प्रदर्शन अराजकताको पराकाष्ठा भएको टिप्पणी गर्दे उहाँले राजावादीहरुको प्रदर्शनलाई मण्डलेहरुको पराकाष्ठा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । प्रतिगामीहरुको प्रतिकजस्तो देखिएको छ । घरमा आगो लगाएका छन्, मण्डलेहरुले । पुलिसमाथि प्रहार । एक/दुई जना मान्छे मरुन् भन्ने राजावादीहरुले चाहेका छन्, हामी यहाँ लाखको वरिपरि जम्मा छौं । गणतन्त्रवादीहरुको चरित्र । हामीले सामन्ती निरंकशुतन्त्रलाई त पछारेकै हो । तर, दलाल र पुँजीपतिहरुलाई, तिनीहरुको साईनो र घाँटी समान्तीसँग जोडिएको हुन्छ ।”

उहाँले नेपाली जनता अग्रगामी बाटोमार्फत अघि बढिसकेकोले अब पछि फर्कने अवस्था नरहेको बताउनु भयो ।