६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रलाई अर्को गल्ती नगर्न दाहालको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिनु भएको छ ।

समाजवादी मोर्चाको ब्यानरमा राखिएको विरोध जनसभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिनु भएको हो।

राजावादीहरुको प्रदर्शन अराजकताको पराकाष्ठा भएको टिप्पणी गर्दे उहाँले राजावादीहरुको प्रदर्शनलाई मण्डलेहरुको पराकाष्ठा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । प्रतिगामीहरुको प्रतिकजस्तो देखिएको छ । घरमा आगो लगाएका छन्, मण्डलेहरुले । पुलिसमाथि प्रहार । एक/दुई जना मान्छे मरुन् भन्ने राजावादीहरुले चाहेका छन्, हामी यहाँ लाखको वरिपरि जम्मा छौं । गणतन्त्रवादीहरुको चरित्र । हामीले सामन्ती निरंकशुतन्त्रलाई त पछारेकै हो । तर, दलाल र पुँजीपतिहरुलाई, तिनीहरुको साईनो र घाँटी समान्तीसँग जोडिएको हुन्छ ।”

उहाँले नेपाली जनता अग्रगामी बाटोमार्फत अघि बढिसकेकोले अब पछि फर्कने अवस्था नरहेको बताउनु भयो ।