६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको आन्दोलनमा गोली चल्दा दुई प्रदर्शनकारी घाइते



अ+ अ-

काठमाडौँ । राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार एकजनालाई तीनकुनेमा र अर्कालाई कोटेश्वरमा गोली लागेको हो ।

दुवैजनालाई घुँडामुनि गोली लागेको बताइएको छ ।

उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल मीनभवन लगिएको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

आन्दोलनकारी भीड उग्र बनेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।