१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा तनावः प्रहरीद्वारा हवाई फायर



अ+ अ-

काठमाडौँ । तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।

तीनकुनेको रोयल बैंक्वेट छेउमा रहेका दुई घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेका छन् ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, स्थिती नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको हो ।