
बुटवल । पूर्वराष्ट्रपति विद्या भण्डारीले पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरस्थित प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शन तथा पूजा गर्नुभएको छ ।
बिहीबार साँझ उहाँ कामाख्या मन्दिर पुग्नु भएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई लुम्बिनी केबलकार लिमिटेडका सञ्चालक तेजप्रसाद सुनार, अप्रेसन म्यानेजर डिएन कायस्थले स्वागत गर्नुभएको थियो ।
लुम्बिनी केबलकार यात्रा र मन्दिर दर्शनपछि भण्डारीले बसन्तपुर निकै शान्त, स्वच्छ, रमणीय र धार्मिक पर्यटकीय स्थल बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
भण्डारी मन्दिर दर्शनका लागि आउँदा नेकपा एमालेका केन्द्रीय स्तरका नेता र जिल्ला तथा प्रदेशका जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो ।
उहाँ विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनसम्म रुपन्देही नै रहनुहुनेछ ।