२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज समाजवादी मोर्चा र राजावादीको शक्ति प्रर्दशन



अ+ अ-

काठमाडौं । आज समाजवादी मोर्चा र राजावादीले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्देछन् ।

समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ। समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेका छन ।

राजावादीहरुको नेतृत्व नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको कमाण्डर भने दुर्गा प्रसाईं रहेका छन् ।

समाजवादी मोर्चाको र्‍याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने स्थान तोकिएको छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

आजका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी परिचालन गर्न लागिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनाले जानकारी दिनुभयो ।